काठमाडौँ । एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।
१३५ रनको लक्ष्य पछाएको नेपालले आफ्नो ७ विकेट गुमाएको छ ।नेपालका ब्याट्सम्यान आसिफ सेख ३० रन बनाएर आउट भए भने कुशल भुर्तेल १५ रन बनाएर आउट भएका छन् । कुशल र आसिफ सेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रन, आरिफ सेख ९ रन बनाएर आउट भए । त्यस्तै शरद भेस्वाकर ६ र कुशल मल्ल १ रन बनाएर आउट भएका छन् । त्यस्तै पवन सराफ डक आउट भएका छन् ।
अहिले रोहित पौडेल १२ रन बनाएर खेलिरहेका छन् ।




