खेलकुद

नेपालले चार विकेट गुमायो

काठमाडौँ । एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

१३५ रनको लक्ष्य पछाएको नेपालले आफ्नो चार विकेट गुमाएको छ ।नेपालका ब्याट्सम्यान आसिफ सेख ३० रन बनाएर आउट भए भने कुशल भुर्तेल १५ रन बनाएर आउट भएका छन् । कुशल र आसिफ सेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रन, आरिफ सेख ९ रन बनाएर आउट भए ।अहिले शरद भेस्वाकर १ र रोहित पौडेल ६ रन बनाएर खेलिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *