खेलकुद

नेपालले तेस्रो विकेट गुमायो

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्केसँगै पपुवा न्युगिनीविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालको तीन विकेट झरेको छ ।

अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि २० बलको सामना गरेका कप्तान मल्ल मात्रै ६ रन बनाएर डामिनियन राभुको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

यसअघि ओपनरद्वय कुशल भुर्तेल १५ तथा आशिफ शेख ३० रन बनाएर आउट भएका थिए । १८.३ ओभर सकिँदा नेपाल ६१/३ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

पछिल्लो १८ बलमा पिएनजीले ८ रन मात्र दिएर १ विकेट लिएको छ ।कप्तान ज्ञानेन्द्र आउट भएसँगै शरद भेसावकर क्रिजमा उत्रिएका छन् । उनीसँगै आरिफ शेख पनि नेपालको इनिङ सम्हाल्ने प्रयत्नमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *