काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।
मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको हो । उनी यसअघि उपाध्यक्ष थिए ।
त्यस्तै सहसंयोजकको जिम्मेवारी सुवोध सेर्पालीलाई दिएको केन्द्रीय सदस्य पुष्प वलीले जानकारी दिए। यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो ।




