काठमाडौँ । एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।
१३५ रनको लक्ष्य पछाएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १५ रन बनाएर आउट भएका छन् । कुशल र आसिफ सेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।
कुशल आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल मैदानमा आएका छन् । अहिले आसिफ ३० रन बनाएर खेलिरहेका छन् ।




