खेलकुद

पपुवा न्यूगिनीविरुद्ध १३५ रनको लक्ष्य पछ्याउदै नेपाल

काठमाडौँ । एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनीले ३३ ओभरमा अल आउट हुदै १३४ रन बनाएको हो ।

पपुवा न्युगिनीका लागि लेगा सिआकाले सर्बाधिक ३० रन बनाए भने चार्लेजअमिनीले २३, गाउडीटोकाले २२ र चाद सोपरले १७ रन बनाए ।

पपुवा न्युगिनीलाई सस्तैमा अल आउट गर्ने क्रममा नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा ३५ रन दिएर ४ विकेट लिए । त्यस्तै एक्दिवैस्य अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका बिक्रम सोबले २ विकेट लिए । विक्रमले आफ्नो डेभ्यु बलमै विकेट लिएका थिए । त्यस्तै यस खेलमा कुशल मल्लले पनि २ विकेट लिए भने एक विकेट सोमपाल कामीले लिएका थिए ।

१३५ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिंग शुरु गरेको छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ब्याटिंग गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *