काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि (बुधवार) संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।
बैठक बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्न लागेको हो । संघीय संसदको बैठक बुधबार दिउँसो ४ बजे बोलाइएको छ।बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने छ ।




