काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार पाँच जिल्लामा वडा अधिवेशन हुँदैछ ।
मंगलवार गुल्मी, रोल्पा, प्यूठान, कालिकोट र दार्चुला गरेर ५ जिल्लाको वडा अधिवेशन हुन लागेको निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार हालसम्म ४९ जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ । बुधबार २ जिल्लामा वडा अधिवेशन भएपश्चात ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न हुनेछ ।
क्रियाशील सूची प्राप्त भएका ५६ जिल्लाको वडा अधिवेशन बुधवारसम्म सम्पन्न भए पनि बाँकी २१ जिल्लाको अधिवेशन भने अनिश्चित छ । पार्टीले क्रियाशीलको अन्तिम नामावली प्रकाशन गरेपश्चात् ती जिल्लामा पनि अधिवेशन हुने श्रेष्ठले बताए ।
१४ औं महाधिवेशन अन्तर्गत सोमबार ११ जिल्लामा अधिवेशन भएको थियो । १८ भदौंबाट कांग्रेसको वडा अधिवेशन शुरु भएको हो ।




