काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको होकी भनेर नागरिकस्तरमा आलोचना सुरुभएको बताएका छन् ।
आज नेपाली काँग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने बताएका हुन् ।
नेता सिंहले काँग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले यस्ता विषयमा सरकारले गम्भीरताका साथ सोचेर मात्र कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृहमन्त्रालयले आईतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए ।
गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपतिजनक भएको उनको भनाई छ ।
उनले भने- ‘सरकारले जनताको दुखमा साथ दिनु पर्दछ । सधै जनाताको पक्षमा हुनुपर्दछ । गृहमन्त्रालय बाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनु पर्दछ ।’
साथै नेता सिंहले अत्यन्तै प्रतिकुल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलित नहुने पार्टी काँग्रेस भएको भन्दै जस्तोसुकै परिस्थीतीमा पनि महाधिबेशन निष्पक्ष, धाधलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण राखे ।
राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै उनले देश र लोकतन्त्रका लागी काँग्रेस मजुबुत हुनुपर्ने बताए ।




