काठमाडौं । पूर्वसभामुख एवंम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देशमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन रहेको एमसीसी अगाडी बढाउन लागेको बेला महराले जटिल समय रहेको बताएका हुन् । एमसीसीको नाम नलिई महराले भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, अहिले पनि जटिल छ।’
एमसीसीको विषयमा अहिले सत्ता गठबन्धनकै नेताहरुबीच मत बाँझिएको छ । अधिकांश नेताहरु संशोधन हुनुपर्ने पक्षमा छन् ।
कार्यक्रममा प्रवक्ता महराले मन्त्रिपरिषद विस्तार नहुँदा सरकारले काम गर्न नपाएको बताए । उनले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गरेर प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट ल्याइने बताए ।




