संसद

सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

काठमाडौं । संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन शनिवार आह्वान गरेकी थिइन् ।

सांसदहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे उपस्थित हुन भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *