समाचार

नेपाली प्रशिक्षक अल्मुताइरीले भने– हारेपनि प्रदर्शन उत्कृष्ट भयो

काठमाडौं । भारतसँग भएको मैत्रीपुर्ण खेलमा पराजित भएपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको प्रदर्शनमा खुसी व्यक्त गरेका छन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले नेपालले खेल हारेको भएपनि टिमको प्रदर्शन उत्कृष्ट रहेको बताए । नेपाली टिमको प्रदर्शनमा कुनै गुनासो नभएको भन्दै उनले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिप नै रहेको बताए ।

प्रशिक्षक अल्मुताइरीले साफमा नेपालको प्रदर्शन सुधारिएको हुने र राम्रो नतिजा आउने समेत दाबी गरे । यसअघि गत बुधबार भएको पहिलो खेलमा बराबरी खेलेपछि उनले समर्थकसँग माफी मागेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *