खेलकुद

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो ।

दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन् ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *