राजनीति

नेकपा (एस) राेज्ने बाँकेका एक्ला जनप्रतिनिधि

नेपालगञ्ज । बाँकेमा आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये एकजनाले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आइतबार कोहलपुर नगरपालिका- ५ मा एमालेबाट निर्वाचित वडा सदस्य शंकर खड्काले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

नेपालगञ्जस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर खड्काले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । उनले भने,‘ बाँकेमा समाजवादी राेज्ने म नै पहिलो जनप्रतिनिधि हाे । मंगलबारसम्म समय छ साथीहरु अरु पनि थपिनु हुनेछ।’

नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्तिक समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जन प्रतिनिधीहरुलाई दल रोज्नका लागि २२ भदौसम्मको समय दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *