काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमालेले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।
सर्वोच्च अदालतले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सो मुद्दाको पेसी तोकेको भए पनि इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
गत बुधबार एमालेले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूणर्बहादुर घर्ती विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो ।




