राजनीति

मकवानपुरमा काँग्रेसको वडा अधिवेशन आज

काठमाडौँ । मकवानपुर जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन आज (आइतबार) हुँदै छ ।

जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा काँग्रेसले आज अधिवेशन गर्न लागेको हो ।

बुधबार केन्द्रबाट खटिएका निर्वाचन अधिकृतसहित पार्टी पदाधिकारी र पूर्व अध्यक्षको बैठकले आज वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

काँग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । वडा अधिवेशनबाट गाउँपालिकामा पदाधिकारीसहित १५ जनाको र नगरपालिकामा २५ जनाको वडा समिति चयन गरिनेछ ।

समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरू जातजाति, पिछडिएको वर्ग, अल्पसङ्ख्यक, मधेशी, मुस्लिम लगायतको प्रतिनिधित्वसमेत हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *