समाचार

सल्यानका ६४ जनप्रतिनिधिले एमाले छाडे

काठमाडौं । सल्यानका ६४ जना जनप्रतिनिधिले एमाले छाडेका छन् ।

भदौ २२ गतेसम्ममा विभाजन भएपछि बनेको दलमा जान चाहने समय निर्वाचन आयोगले दिएको छ । त्यसैअनुसार शनिबार मात्रै स्थानीय तहका ६४ जना जनप्रतिनिधिहरूले एकिकृत समाजवादी दलमा आवद्ध भएको सनाखत गरेका छन् ।

सल्यानको एउटा पालिकाको अध्यक्ष, उपाध्यक्ष एक ,वडा अध्यक्ष १६ र सदस्यहरू ४६ जनाले एकै दिन नेकपा (एकीकृत समाजवादी) रोज्दै सनाखत गरेका हुन् ।

एमालेले कारबाही गरेर प्रदेशसभा सदस्यको पद समेत गुमाएका नेता प्रकाश ज्वालाको गृहजिल्ला सल्यानमा अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले समेत एकिकृत समाजवादी रोज्ने दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *