समाचार

सप्तकोसीको निरीक्षण गर्न गृहमन्त्री उदयपुर पुगे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोसी नदीले कटान गरेको क्षेत्र निरीक्षण गरेका छन् ।

मन्त्री खाँण निरीक्षणका लागि उदयपुरको कटान क्षेत्र बेलका–८ क‍ो टप्पु क्षेत्र पुगेका हुन् ।

उनले कटान क्षेत्रका स्थानीयको समस्या र भइरहेका प्रयास बारे नगरप्रमुख दुर्गाकुमार थापा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसंग जानकारी समेत लिएका छन् ।

अघिल्लो साता सप्तकोसीले धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिकाका ३ वटा वडाका स्थानीय जोखिममा परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *