राजनीति

दैलेखका २७ जनप्रतिनिधि एकीकृत समाजवादीमा खुले

दैलेख।जिल्लामा २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । कुल ११ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तह जितेको एमालेका १४ जना प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षमध्ये ६ जना एकीकृत समाजवादीमा खुलेका छन् । ८ जना एमालेमै रहने बुझिएको छ ।

त्यसैगरी ९० वडामध्ये ५३ मा जितेको एमालेका २२ वडाध्यक्ष समाजवादीमा आबद्ध हुने भएका छन् । ३१ जना वडाध्यक्ष भने एमालेमै रहने छन् ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले अझै ५० भन्दा बढी जनप्रतिनिधि समाजवादीमा खुल्ने दाबी गरेका छन् ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–प्रमुख तारा शाही (खत्री), नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा समाजवादीमा खुलेका छन ।

त्यसैगरी महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, प्रेमकुमारी बुढा महावु गाउँपालिका उपाध्यक्ष,डम्बर थापा वडाअध्यक्ष महावु १,गोमा ढकाल वडा सदस्य महावु, भिमसिंह दमाई कार्यपालिका सदस्य महावु, देव शाही वडा अध्यक्ष महावु ४, राज शाही वडा सदस्य महावु, जगत हमाल वडाअध्यक्ष महावु ५, कविता गिरी सदस्य,रश्मी विक सदस्य शेर बहादुर ढाडा मगर सदस्य महावु ५ लगायत अन्य १६ जना जनप्रतिनिधि पनि समाजवादीमा खुलेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *