राजनीति

कांग्रेस महाधिवेशन : भक्तपुरमा ३८ मध्ये २७ वडाको नेतृत्व चयन

भक्तपुर । नेपाली कांग्रेसले भक्तपुरमा भक्तपुरमा ३८ मध्ये २७ वडाको नेतृत्व चयन गरेको छ । चार वटा स्थानीय तह भएको जिल्लामा ३८ वडा छन् । भक्तपुर नगरपालिकामा नौ, चाँगुनारायण नगरपालिकाका पाँच, मध्यपुर थिमि नगरपालिकामा पाँच र सूर्यविनायक नगरपालिकाको आठ वटा वडामा नेतृत्व छनोट गरिएको हो  । 

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य एवं अभिलेख शाखा प्रमुख सुशील बस्नेतका अनुसार सूर्यविनायक नगरपालिकाका १० वटा वडामध्ये १, २, ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत चयन भएको जनाएको छ। जुन क्रमशः सुरुज मिस, कृष्णभक्त श्रेष्ठ, पवन न्यौपाने, राजु ढुङ्गेल, राजेन्द्र ट्वाटी, जगदिश बस्नेत, बच्चुराम थापा र गोकुल खत्री सभापति चयन भएका छन् । ३ र १० मा भने चुनाव हुने भएको उनले बताए ।

चाँगुनारायण नगरपालिका ४, ५, ६, ८ र ९ मा पनि सर्वसम्मत सभापति चयन भएका छन्। मध्यपुरथिमि नगरपालिकाका २, ३, ५, ८ र ९ मा पनि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ।

भक्तपुर नगरपालिकाको नौवटा वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । १० वटा वडामध्ये नौ वटामा सर्वसम्मत चयन भएको हो। भक्तपुर नगरपालिका कांग्रेसका नगर प्रमुख रामप्रसाद कासुलाले १० वटा वडामध्ये नौ वटा वडामा सर्वसम्मत सभापति चयन भएका जानकारी दिए । 

भक्तपुर नगरपालिका १, २, ४, ५, ६, ७, ८, ९ र १० वडामा सर्वसम्मत सभापति चयन भएको कासुलाले बताए । जसमा क्रमश: रुपेश धौवञ्जार, बद्री केदार दुवाल, ऋषि केशव तिमिला, नारायणप्रसाद तमुख, केशव दुवाल, वीरेन्द्र कर्मचार्य, राजन ढिंग्री, तिलकमान श्रेष्ठ र कृष्णकुमार सुवाल सभापतिमा चयन भएका छन् । वडा नम्बर ३ मा भने चुनाव हुने सम्भावना रहेको कासुलाले बताए । भक्तपुरका बाँकी रहेका ११ वडामा पनि सर्वसम्मतिका लागि प्रयास भइरहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *