हेटौंडा । नेकपा एमालेबाट निर्वाचित वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एस रोजेकी छन् ।
समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । उनको प्रवेशसँगै वागमती प्रदेशसभामा नेकपा एसका १३ जना सांसद पुगेका छन् ।




