सुर्खेत । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतमा जिल्ला अधिवेशनका लागि माहोल तातेको छ । प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा अन्य जिल्लाको भन्दा कांग्रेस राजनीति फरक छ ।
अन्य जिल्लामा देउवा, पौडेल, सिटौला र कोइरालाको प्यानल हावी हुने गरेको भए पनि सुर्खेत जिल्लामा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी र महामन्त्री पूर्णबहादुर खड्का प्यानलबीच कडा प्रतिपस्पर्धा हुने देखिएको छ ।
केन्द्रीय सदस्य थानी पौडेल पक्षधर नेता हुन् भने खड्का संस्थापन देउवा पक्षधर हुन् । तर, जिल्लामा थानी र खड्का पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
गत जिल्ला अधिवेशनमा थानी प्यानलका कमलराज रेग्मी र खड्का प्यानलका यज्ञबहादुर बुढाक्षेत्रीबीच कडा प्रतिस्पर्धा भएको थियो । रेग्मीले बुढाक्षेत्रीलाई तीन मतले पराजित गरेका थिए । बुढाक्षेत्री हाल कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री छन् ।
बहालवाला पार्टी सभापति रेग्मी दोस्रोपटक पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् भने खड्का प्यानलले पुनः बुढाक्षेत्रीलाई सभापपतिको उम्मेदवार बनाउने तयारी थालेको छ । दुवै सभापतिका बलिया उम्मेदवार हुन् ।
खड्का प्यानलबाट सभापतिमा आंकाक्षीहरुको धेरै छन् । खड्का पक्षका कालीप्रसाद शाक्य, टोपबहादुर रावत, श्याम भारती, गोविन्द कोइरालालगायतका नेताहरुले सभापतिमा आकांक्षा राखेको छन् ।सुर्खेत वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले सभापतिको उम्मेदवारको आंकाक्षा राखेका छन् । उनी अहिलेसम्म कुनै समूहमा खुलेका छैनन् ।




