काठमाडौँ।पशुपति विकास कोषको सदस्य सचिबमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । उनलाई सरकारले ४ वर्षका लागि सदस्य सचिबमा नियुक्त गरेको हो ।
शुक्रबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट थापालाई सदस्य सचिब नियुक्त गरिएको हो । यसअघि कोषको काषाध्यक्ष रहेका थापाले सदस्य सचिबका रुपमा शुक्रबार नै पदभार ग्रहण गरेका छन् । यसअघि काेषमा सदस्य सचिव डा. प्रदीप ढकाल थिए ।




