राजनीति

माधव नेपालको पार्टी कार्यालय मिनभवनमा

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ ।

एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो । १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय कार्यालयका लागि भाडामा लिन सम्झौता प्रक्रिया अघि बढेको स्थायी कमिटी सदस्य डा.वेदुराम भुसालले जानकारी दिए ।

‘पार्टी केन्द्रीय कार्यालयका लागि निजी भवन भाडामा लिने प्रक्रिया अघि बढेको छ,’ नेता भुसालले भने, ‘अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको छ । चाँडै केन्द्रीय कार्यालय सञ्चालनमा आउने छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *