काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने शर्त राखेको उनको सचिवालयले जनाएको छ ।
शुक्रबार गौतमतको स्वकीय सचिव दीपक टमटाले वक्तव्य जारी गर्दै जबजबाहेक अरु शर्त नराखेको जानकारी दिएका छन् ।
‘क. माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त क. वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’वक्तव्यमा भनिएको छ ।




