विश्व

काबुल विमानस्थल सञ्चालन गर्न कतार र तालिवानबीच छलफल

काठमाडाैं।काबुल विमानस्थल पुनः सञ्चालन गर्नेबारेमा कतारले तालिवानसँग छलफल गरेको छ । कतारका विदेशमन्त्री अब्दुल्लरहमन अल थानीेले सो जानाकारी दिएका हुन् । कतारले काबुल छोड्न चाहने अफगानीलाई अनुमति दिनसमेत तालिवानलाई सुझाब दिएको छ ।

‘विमानस्थल पुनः सञ्चालन गर्न हामीले सक्दो प्रयत्न गरेका छौं । सम्भब भएसम्म चाँडै सञ्चालन हुनेमा हामी आशावादी छौं,’ विदेशमन्त्री थानीले भने । विमानस्थल सञ्चालनबारे आगामी सातासम्म केही सुखद समाचार आउने उनको आशा छ ।

तोकिएको समयमा स्वदेश फर्किने विदेशी सेना र उनीहरुसँगै जान चाहने अफगानीका कारण काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको थियो ।

विदेशी सेनाले अफगानिस्तान छाडेपछि पहिलो पटक कतारको राजधानी दोहाबाट प्राविधिकहरुको समूह बोकेको जहाज बुधबार काबुल पुगेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *