समाचार

अमेरिकामा आँधीका कारण एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं ।अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ।

आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *