खेलकुद

भारतविरुद्ध उत्रने नेपालको सुरुवाती ११ यस्तो छ (सूचीसहित)

काठमाडौं । केहीबेरपछि नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल काठमाडौंस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजेबाट सुरु हुँदैछ । यी दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल २० गते आइतबार हुनेछ ।

सरकारले सिमित संख्यामा दर्शक राखेर आजको खेल खेलाउन अनुमति दिएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५ हजार १ सय टिकट बेच्ने तयारी गरेको बताएको छ ।

यसैबीच, मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भारतविरुद्ध उत्रने नेपाली सुरुवाती ११ को घोषणा गरेका छन् ।
यस्तो छ नेपालको सुरुवाती

गोलकिपिङ : किरण चेम्जोङ

डिफेन्स : सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी

मिडफिल्ड : पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ,

फरवार्ड : अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *