काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटा निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
बाँस्कोटा निर्वाचित काभ्रे–२ मध्ये काभ्रे–२ (क) बाट निर्वाचित लक्ष्मण लम्साल र (ख) बाट निर्वाचित बसुन्धरा हुमागाईं एकीकृत समाजवादीमा लागेका हुन् ।
त्यस्तै बाँस्कोटाको गाउँपालिका अध्यक्ष पनि एकीकृत समाजवादीमै लागेका छन् । मण्डनदेउपुर गाउँपालिकाका अध्यक्ष टोकबहादुर वाइवा नयाँ पार्टीमा लागेका छन् भने उनको वडा मण्डनदेउपुर–४ का वडाध्यक्ष भुवन बजगाईंले पनि एकीकृत समाजवादी रोजेका छन् ।




