काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे बताइएकाे छ ।




