काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले वडा अधिवेशन भदौ २१ गते गर्ने निर्णय गरेको छ । निर्वाचन समिति र जिल्ला कार्यसमितिको संयुक्त बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
सभापति केसीका अनुसार संयुक्त बैठकले नुवकोटको ८८ वटै वडाको अधिवेशन भदौ २१ गते हुनेछ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रकृया भदौ १८ बाट सुरु हुँदैछ । वडा अधिवेशन १८ गतेबाट २३ गतेसम्म गरिसक्नुपर्ने समयसीमा तोकेको छ ।




