राजनीति

उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरे

विराटनगर।प्रदेश १ का सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन् ।

सोहीक्रममा उनीहरु बुधबार निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रमाणपत्र हराएकाले उनीहरुले ढिलो गरी सनाखत गरेका हुन् । यसअघि आठ जना सांसदले सनाखत गरिसकेका छन् ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *