समाचार

नेपाल-भारत मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति

काठमाडौं । भोलि (बिहीबार) र आइतबार दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकका लागि अनुमति दिइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए ।

दर्शकका लागि ५ हजार १ सय टिकट बिक्री हुने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुुपर्ने एन्फा अध्यक्ष शेर्पाले बताए ।

प्रवेशका लागि पीसीआर परीक्षण नेगेटिभको रिपोर्ट वा पूर्णरूपमा भ्याक्सिन लगाएको हुनु पर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *