समाचार

सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल समूह छलफलमा जुट्दै

काठमडौँ । नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता आज पनि आन्तरिक छलफलमा जुट्ने भएको छ ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार पार्टीको क्रियाशील सदस्यताबारे छलफल गर्न छानबिन समितिका सदस्यलाई अहिले बिहान ९ साढे बजेका लागि नेता पौडेलको निवास (बोहराटार) मा बोलाइएको हो ।

मंगलबार बोहराटारमै साझा उम्मेदवार तय गर्नेबारे इतर समूहबाट सभापतिका आकांक्षीबीच छलफल भएको थियो । तर ठोस निष्कर्ष निस्कन सकेन। तसर्थ आज दिउँसो आज २ बजे फेरि आकांक्षीबीच पनि छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *