काठमाडौं । जसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेट भएको छ ।
मुख्यमन्त्री निवासमा भएको भेटमा उनीहरूबीच प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगति लगायतका विषयमा छलफल भएको डाक्टर भट्टराईले जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्नेबारेमा आफूहरूले निरन्तर छलफल गरिरहेको बताए ।




