समाचार

आधा बाटोबाटै हराए समाजवादीमा खुलेका एमाले ३ जना प्रदेशसांसद

धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका ३ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएका हुन् ।

सम्पर्क विहीन हुनेमा तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज रहेका छन् ।

उनको खोजीमा समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी लागेका छन् । ‘हामीले खोजिरहहेका छौं । आजै सनाखत गर्नुहुन्छ,’ सोडारीले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *