काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण बन्द रहेको नेपाल–भारत पूर्वी नाका सोमबारदेखि खुकुलो बनाइएको छ । चार महिनासम्म ठप्प रहेको पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार सोमबारदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ ।
लामो समय नाका बन्द हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै केही दिनदेखि मेची उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घले नाका खुलाउन माग गर्दै आएको थियो ।




