धर्म/सस्कृति

पाटनको प्रसिद्ध कृष्ण मन्दिरको ढोका भक्तजनका लागि बन्द

काठमाडौ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।

यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ । त्यसैले मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छैन । मन्दिर खुला नभए पनि केही भक्तजनहरु बाहिरैबाट पूजा आराधनाका लागि पुगेका छन् ।

बाहिरबाटै दर्शनका लागि पुगेकाहरुलाई मास्क अनिवार्य गरिएको छ । प्रहरी खटिएका छन् र ठाउँठाउँमा सचेतनाका सूचनाहरु पनि राखिएका छन् ।

ललितपुर महानगरपालिकाले यसअघि नै सूचना प्रकाशन गरि यस वर्ष भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *