समाचार

सप्तकोसीमा यसवर्षकै उच्च पुग्यो पानीको वहाव

काठमाडौं । निरन्तरको वर्षापछि सप्तकोशी नदीमा यसवर्षकै उच्च वहाव मापन भएको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार यसवर्षकै सबैभन्दा उच्च वहाव मापन भएको हो । सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ ।

नदीको बहाव बढेपछि कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएको जनाइएको छ । त्यसबाहेक नारायणी नदीमा समेत वहाव उच्च भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई दिन अझै पानी पर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *