समाचार

घरायसी विवादमा श्रीमतीद्धारा श्रीमान्को हत्या

दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिएका छन् ।

आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *