राजनीति

मन्त्री छान्ने जिम्मा माधवलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । आइतबार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो ।

नेकपा एकीकृत समाजवादी सरकारमा जाने तरखरमा रहेको छ । त्यसअघि नेता नेपाललाई संसदीय दलको नेता तोकेको छ ।

बैठकले पार्टीको विधान निर्माणका लागि पाँच सदस्यीय कार्यदल पनि बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *