काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।
आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । यस पार्टीमा ७ राष्ट्रियसभा सांसद छन् ।




