समाचार

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष अर्याललाई पितृशोक

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक परेको छ ।उनका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौँमा निधन भयो । उनि लामोसयमदेखि मिर्गौला रोगबाट पीडित थिए ।

वि.सं २००६ वैशाख १२ गते स्याङ्जाको साविक बानेथोक देउराली गाउँ विकास समितिमा जन्मिएका स्व अर्याल पछिल्लो समय भरतपुर महानगरपालिका–१२ चितवनमा परिवारसँग बस्दै आएका थिए । वि.सं २०१५ को आमनिर्वाचनमा पिता शोभाकान्त अर्यालको प्रेरणाबाट कांग्रेसलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका स्व अर्याल वि.सं २०४६ को आन्दोलन र २०६२/६३ को आन्दोलमा सक्रिय भएर लागेका थिए । उनि चितवनको प्रजातान्त्रिक सेनानी पनि थिए । स्व अर्यालका श्रीमती, छ छोरा र तीन छोरी छन् ।

यसैवीच स्व अर्यालको निधनप्रति नेपाल प्रेस युनियन काठमाडौँ शाखाले दुःख व्यक्त गरेको छ । शाखाका अध्यक्ष जगन्नाथ दुलालले आज शोक विज्ञप्ति जारी गर्दै मृतात्माको चिरशान्तिको कामना गर्दै दुःखद् घडीमा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *