विश्व

काबुल विमानस्थल क्षेत्र छोड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई चेतावनी

काठमाडौँ । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई काबुल विमानस्थलतर्फ नआउन चेतावनी दिएको छ ।

काबुलस्थित अमेरिकी दुताबासले विमानस्थल क्षेत्र नजिक रहेका आफ्ना नागरिकलाई सुरक्षा खतरा रहेको भन्दै तुरुन्तै सो क्षेत्र छोड्न चेतावनी दिएको हो ।

साथै दुताबासले काबुल विमानस्थल क्षेत्रतर्फ नजान पनि आग्रह गरेको छ ।

अमेरिकाले गएराति आइएसआइएस-के का योजनाकार रहेको नांगहार प्रान्तमा ड्रोन आक्रमण गएपछि यस्तो चेतावनी दिएको हो अमेरिकाले काबुल विमानस्थल क्षेत्रमा फेरी ठुलो आक्रमण हुनसक्ने आशंका व्यक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *