समाचार

एकीकृत समाजवादी र लोसपाको दर्ताबारे संसद सचिवालयलाई औपचारिक जानकारी

काठमाडौ । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मान्यता पाएको औपचारिक सूचना संसदलाई गराएको छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा संघीय संसदमा ३० जना सांसद रहेका छन् । जसमध्ये प्रतिनिधिसमा २३ र राष्ट्रिय सभामा ७ जना सांसद छन् । यस्तै ठाकुर नेतृत्वको लोसपामा राष्ट्रिय सभामा १ र प्रतिनिधिसभामा १३ जना गरि कुल १४ जना सांसद रहेको जानकारी आयोगले सचिवालयलाई गराएको छ ।

दुवै दलले बुधबार औपचारिक रुपमा प्रमाणपत्र पाएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *