समाचार

महिला सशक्तीकरणतर्फ जोड दिनुपर्छः मन्त्री थापा

गण्डकी । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण बन्दै गएको बताए ।

‘जेसिज सप्ताह २०२१’ समापन समारोहमा आज उहाँले सामाजिक सेवामा समर्पित लेडी जेसिजले महिला वर्गको नेतृत्व विकाससँगै सशक्तीकरणतर्पm लक्षित हुनुपर्ने बताए । सामाजिक सेवा एवं विकास निर्माणमा लेडिज जेसिजलगायतका विभिन्न सङ्घसंस्थासँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले महिला समाजमा देखिएका विकृति–विसङ्गतिविरुद्धमा सशक्तरुपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए ।

जेसिज सप्ताहअन्तर्गत प्रभावकारी भाषण कला तालिम, विद्यालयस्तरीय वक्तृत्वकला, अस्पतालका बिरामी कुरुवालाई कुर्ची तथा अन्य सामग्री वितरण, सकारात्मक सोच एवं जीवन परिवर्तन तालिम, मठमन्दिरमा आवश्यक सामग्री वितरणलगायत कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक लक्ष्मी कुँवर (लता) ले जानकारी दिएका छन् ।

महिलाको व्यक्तित्व एवं नेतृत्व विकासमा अग्रसर बनाउने लक्ष्यका साथ २०४६ साल असार ५ गते जेसीआई पोखरा लेडीको स्थापना गरिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *