गण्डकी प्रदेश

गण्डकी प्रदेशका मन्त्रीद्वय कोरोनामुक्त

गण्डकी । गण्डकी प्रदेशका दुई मन्त्री कोरोना सङ्क्रमणमुक्त भएका छन् । प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापा र कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमणमुक्त भएका हुन् ।

सामान्य रुघाखोकी र ज्वरो आएपछि १५ दिनअघि स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका मन्त्रीद्वय त्यसपछि होम आइसोलेसनमा बसेका थिए ।

सङ्क्रमणमुक्त भएसँगै मन्त्रलायको काममा फर्कने मन्त्रीद्वयका स्वकीय सचिव लोकेन्द्र थापा र प्रेम रोकाहाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *