समाचार

चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा शुक्रबार बिहानैबाट पौडेल पक्षको बैठक बसेको हो ।

छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् । महाधिवेशनको मिति नजिकिएसँगै पौडेल पक्षले छलफललाई तीव्रता दिएको हो ।

साथै पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यतामा देखिएका विवादलाई लिएर मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन जारी राखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *