विश्व

काबुल बम विस्फोट : चार अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु, ६० बढि घाइते

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी ४ अमेरिकी नौसैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले समेत अमेरिकी सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको छ । तर कतिजनाको हताहत भयो भनेर सार्वजनिक गरेको छैन ।

काबुल विमानस्थलबाहिर भएका दुई आत्मघाती बम हमलामा परेर १३ जनाको मृत्यु भएको र ६० जना घाइते भएको जनाइएको छ र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार घाइते हुनेहरुमा अमेरिकी नागरिक समेत रहेको दाबी गरिएको छ ।

काबुलमा विस्फोट भएसँगै वेलायती प्रधानमन्त्री वोरिस जोनसनले आकस्मिक बैठक बोलाएका छन् भने फ्रान्सका राष्ट्रपति एम्मानुयल म्याक्रोंले अबस्था नियन्त्रणबाहिर गएको बताएका छन् । अफगानिस्तानमा नेपालीहरु समेत उद्धारको पर्खाइमा रहेका छन् । घटनामा नेपालीहरुको अबस्थाबारे भने केही जानकारी आइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *