काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ ।
अमेरिकी सेनाले विस्फोट भएको पुष्टि गरेको भएपनि क्षतिको विवरण भने आइनसकेको जनाइएको छ । पेन्टागनका प्रवक्ता जोन कर्बीले काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको भन्दै विष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त नभएको बताएका छन् ।
आत्मघाती बम आक्रमणकारीहरूले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।
यसअघि आजै पश्चिमा मुलुकहरुले काबुलमा विस्फोट हुनसक्ने भन्दै विमानस्थलत वरपर भएर नहिड्न सार्वजनिक सूचना जारी गरेका थिए ।
अमेरिका र अष्ट्रेलियाले सूचना जारी गरेकै दिनमा कावुलको विमानस्थलबाहिर विस्फोट भएको हो । पेन्टागनका प्रवक्ताका अनुसार केही मानिसको ज्यान गएको हुनसक्ने भएपनि क्षतिको विवरण भने आइनसकेको बताएका छन् ।




